बिहिबार, भाद्र १९ २०८२

तारकेश्वरमा स्वास्थ्य परीक्षण शिविरसँगै परिवार नियोजन सुविधा, सेवाको लाभलिन अध्यक्ष अधिकारीको आग्रह


  • ककनी खबर
  • बुधबार, बैशाख २४ २०८२

नुवाकोट । तारकेश्वर गाउँपालिकाले महिलाहरुको प्रजनन स्वास्थ्यसम्बन्धी ३ दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सुरु भएको छ ।

गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजना र मोरिस्टोप लेडिजको प्राविधिक सहयोगमा यही वैशाख २३ गते वडा नं ६ को आधारभूत स्वास्थ्य सेवा केन्द्र, मजुवामा र आज वैशाख २४ गते वडा नं ५ को गोर्स्याङ स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको हो ।

योसँगै, मंगलबार (हिजो)देखि नै सुरु भएको ५ दिने परिवार नियोजन शिविर पनि वडा नं ६ र ५ मा सम्पन्न भएको छ ।

स्वास्थ्य परीक्षण शिविरमा ३० वर्षमाथिका महिलाहरूले पाठेघरको क्यान्सर पत्ता लगाउन VIA जाँचसँगै प्रजनन स्वास्थ्य परीक्षण र औषधी वितरण, आङ खस्ने ससस्या भएका महिलाको रिङ राख्ने उपचार र मेडिकल गर्भपन सेवा उपलब्ध रहेको गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले जानकारी दिनुभयो ।

उहाँको अनुसार परिवार नियोजन शिविरमा लामो समयसम्म गर्भधारण गर्न नचाहने महिलाहरुले लामो अवधिको अस्थायी गर्भनिरोधक साधन (आइयुसिडी/इम्प्लान्ट) राख्ने सेवा र सो सम्बन्धी परामर्श सेवा उपलब्ध रहेको छ ।

गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले आज ( बुधबार) वडा नं ५ मा सञ्चालन भएका दुवै शिविरको निरीक्षण गर्नुभयो ।

अध्यक्ष अधिकारीले यसअघि नै सम्पूर्ण तारकेश्वरवासी महिलाले शिविरमा सहभागी भई भरपूर लाभ लिनुहुन र प्रजनन स्वास्थ्यबारे सधैं सचेत रहन आग्रह गर्नुभएको थियो ।

कोही पनि नछुट्ने गरी सूचना प्रवाह गर्न र आवश्यक सहजीकरण गर्न सबै वडाका जनप्रतिनिधि लगायत सम्बद्ध सबैमा अध्यक्ष अधिकारीले आग्रह गर्नुभएको हो ।

बाँकी रहेका शिविरको तालिकाः
वैशाख २५ गते बिहीबार – दाङसिङ स्वास्थ्य चौकी, वडा नं. १, दाङसिङ (स्वास्थ्य परीक्षण शिविर र परिवार नियोजन शिविर)

वैशाख २६ गते शुक्रबार – बुधसिंह स्वास्थ्य चौकी, वडा नं. ४, बुधसिंह (परिवार नियोजन शिविर)

वैशाख २७ गते शनिबार – तारुका स्वास्थ्य चौकी, वडा नं. ३, जोरचौतारा (परिवार नियोजन शिविर)

प्रतिक्रिया
सम्बन्धित समाचार