
काठमाडौँ । थाइल्याण्डमा शुक्रबारदेखि आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट सुरु हुँदैछ । यस छनोटमा सहभागी हुन नेपाली टोली पनि मलेसिया पुगिसकेको छ ।
९ टोलीबीच हुने यस प्रतियोगिताबाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् । ९ टोलीलाई तीन समूहमा विभाजित गरिनेछ र हरेक समूहमा रहने ३ टोलीबीचमा डबल राउण्ड रोबिन लिग हुनेछ ।
लिग चरणपछि हरेक समूहमा शीर्ष स्थानमा रहने टोली सुपर ३ मा पुग्ने छन् । त्यस सुपर ३ बाट शीर्ष ३ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।
प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत छन् । नेपाल समूह सी मा हङकङ र बहराइनसँग छ ।
नेपाली टोलीले थाइल्याण्ड जानुअघि भारतमा अभ्यास खेलहरू खेलेको थियो भने त्यसअघि घर र घरबाहिर एक-एकपटक शृंखलाहरू खेलेको थियो ।