शुक्रबार, भाद्र २० २०८२

काठमाण्डौको मखन गल्लीमा आगलागी, एक जनाको ज्यान गयो


  • ककनी खबर
  • बुधबार, जेष्ठ १ २०८२

काठमाण्डौ । काठमाण्डौको मखन गल्लीमा रहेको सुरज आर्केड पछाडि स्थानीय दयाराम श्रेष्ठको घरमा ग्यास लिक भएर आगलागी भएको छ ।

बिहान ६ बजेर ५० मिनेटको समयमा श्रेष्ठको चार तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लाबाट शुरू भएको आगो नजिकैको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत फैलिएको छ ।

आगलागीमा परेर एक जनाको ज्यान गएको काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिनुभयो । मृतकको परिचय खुल्न बाँकी छ ।

६ वटा दमकलको सहयोगमा प्रहरी, सेना,स्थानीयलगायतले आगो निभाउने प्रयास गरिरहेका छन् । घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार