शनिबार, भाद्र ७ २०८२

शेयर बजार दोहोरो अङ्कले घटेर २ हजार ६ सय २९ विन्दुमा


  • ककनी खबर
  • आइतबार, जेष्ठ २६ २०८२

काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ०६ अङ्कले घटेर २ हजार ६ सय २९ दशमलव ८९ विन्दुमा झरेको छ ।

आज होटल र जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा बैंक समूहको शेयर १ दशमलव ०५ प्रतिशतले ओरालो लागेको छ ।

आज ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन रिभर फल्स पावर र प्योर इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार ७ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ३ सय १३ वटा कम्पनीका १ करोड ९९ लाख कित्ता शेयर ९ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार