शनिबार, भाद्र ७ २०८२

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो


  • ककनी खबर
  • बिहिबार, जेष्ठ ३० २०८२

काठकामौँ । एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा घरेलु टोली लाओससँग खेलेर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।

न्यु लाओस नेसनल स्टेडियममा अस्ति मङ्गलवार भएको खेलमा नेपाललाई लाओसले २–१ गोलले हराएको थियो । यो हारसँगै नेपाली टोली गएराति स्वदेश फर्किएको हो ।

नेपाल लाओससँगको अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक पराजित भएको हो । यो हारले नेपाल तेस्रो चरणको छनोटको समूह ’एफ’ मा २ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।

नेपाल आफ्नो पहिलो खेलमा मलेशियासँग पनि हारेको थियो । यो समूहमा नेपाल, लाओस, मलेशिया र भियतनाम छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार