शनिबार, भाद्र ७ २०८२

काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटना, १९ जना घाइते


  • ककनी खबर
  • शनिबार, जेष्ठ ३२ २०८२

काठमाडौ । काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटनामा परेको छ ।

बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए ।

दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले जानकारी दिए ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार