
काठमाडौ । चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका अनुसार सोमबार राति चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ–९ तलिउमतर्फ जाँदै गरेको लु २ ख१११५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चन्दननाथ–९ का ४८ वर्षीय जोखी सार्कीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
दुर्घटनामा चन्दननाथ–९ तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रङ्गा सार्की र ट्रयाक्टर चालक २२ वर्षीय सन्तोष सार्की घाइते भएको प्रहरी निरीक्षक रसाइलीले जानकारी दिए ।
घाइतेहरूको प्रतिष्ठानमै उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।