शनिबार, भाद्र ७ २०८२

नेपालले नेदरल्याण्ड्ससँग खेल्दै


  • ककनी खबर
  • बिहिबार, असार ५ २०८२

काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिज अन्तरगत नेपालले आज नेदरल्याण्ड्ससँग दोस्रो खेल खेल्दैछ।

नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग सुपर ओभरमा पराजित भएको थियो । निकै रोमाञ्चक खेलमा नेपाल तेस्रो सुपर ओभरमा पराजित हुन पुग्यो। खेल आज नेपाली समय अनुसार पौने ८ बजे स्कटल्याण्डको ग्लास्कोमा सुरु हुनेछ । नेपालले घरेलु टोली स्कटल्याण्डलाई लोस्कोरिङ गेममा २ विकेटले हराएको छ ।

जारी प्रतियोगितामा गएराति नेदरल्याण्डले स्कटल्याण्डलाई १९ रनले हराउँदै तालिकाको शीर्ष स्थानमा छ। नेपाल र स्कटल्याण्डले भने एक एक खेल जितेका छन् । नेपाल २ अंकका साथ तेस्रो स्थानमा हुँदा समान अंकका साथ स्कटल्याण्ड दोस्रो स्थानमा छ ।

नेपालले भोलि घरेलु टोलीसँग प्रतियोगिताको अन्तिम खेल खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार