शनिबार, भाद्र ७ २०८२

जेठ १५ गते भित्रिएको मनसुन देशभर फैलिएको छ


  • ककनी खबर
  • शुक्रबार, असार ६ २०८२

काठमाडौँ । मनसुन देशभर फैलिएको छ । गएको जेठ १५ गते बिहीवार राति नेपालको कोशी प्रदेशमा भित्रिएको मनसुन २३औं दिनमा देशभर फैलिएको हो ।

यसअघि मध्य क्षेत्र हुँदै पश्चिमका गण्डकी र लुम्बिनीसम्म मनसुन फैलिएको थियो । आज मनसुन देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागले बुलेटिनमार्फत जानकारी दिएको छ ।

यसपालि सामान्यतया १५ दिन अगाडि नै नेपालमा मनसुन भित्रिएको थियो । नेपालमा सामान्यतया जून १३ तारिखमा भित्रिने र एक हप्ताभित्र देशभर विस्तार हुने गरेकोमा यस पटक विस्तार हुन ढिला भएको हो । नेपालमा असाेज मध्यसम्म मनसुन सक्रिय हुने गर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार