शनिबार, भाद्र ७ २०८२

प्रथम विदुर मेयर अन्तर वडास्तरीय क्रिकेट : उपाधिको लागी वडा नं ३ र ४ भिड्ने


  • ककनी खबर
  • शुक्रबार, असार ६ २०८२

नुवाकोट । प्रथम विदुर मेयर अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता’को उपाधिको लागी वडा नं ३ र ४ बीच प्रतिस्पर्धा हुने भएको छ ।

विदुर नगरपालिकाको आयोजना र नुवाकोट क्रिकेट संघको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रतियोगिताको उपाधिको लागी शनिबार वडा नं ३ र ४ प्रतिस्पर्धा गर्न लागेको हो ।

फाइनल प्रवेशको लागी वडा नं ३ ले वडा नं १ लाई १० विकेटले हराएको थियो । वडा नं १ ले दिएको ८३ रनको लक्ष्य वडा नं ३ को लागी राजेश रिमालले २१ बलमा ४२ रन र पवन राईले २० बलमा ३१ रन बनाएको थियो ।

यस्तै, वडा नं ४ ले फाइनल प्रवेशको लागी वडा नं ७ लाई ३ विकेटले हराएको हो । वडा नं ७ ले दिएको १०९ रनको लक्ष्य वडा नं ४ ले सात विकेटको क्षतिमा पूरा गर्दै फाइनल प्रवेश गरेको हो ।

फाइनल खेल शनिबार दिनको १ बजे तल्लो पिपलटार स्थित खेल मैदानमा हुने आयोजक विदुर नगरपालिका खेलकुद विकास समितिका संयोजक अच्युतराज महन्त गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार