शनिबार, भाद्र ७ २०८२

लाओसमाथि नेपालको गोल वर्षा, कप्तान सावित्राको ह्याट्रिक


  • ककनी खबर
  • आइतबार, असार १५ २०८२

काठमाडौँ । सावित्रा भण्डारी साम्बाले कप्तानी डेब्युमा ह्याट्रिक गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोटको समूह एफमा लाओसमाथि ९(० को फराकिलो जित हात पारेको छ ।

उज्वेकिस्तानको तास्केन्तमा आइतबार भएको समूहको आफ्नो पहिलो खेलमा नेपालले सानदार जितसहित ३ अंक जोडेको छ ।

यसै खेलबाट नेपाली महिला टोलीले आफ्नो एक सयौं अन्तर्राष्ट्रिय खेल पनि पूरा गरेको छ ।

नेपालको फराकिलो जितमा यसै खेलबाट कप्तानी डेब्यु गरेकी सावित्राले ४ गोल गरिन् । यस्तै अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी, रश्मी कुमारी घिसिङले १(१ गोल गरे ।

एक गोल नेपालले उपहार पाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार