
नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले गाउँपालिकाभित्रका व्यवस्थापन समितिका म्याद सकिएका सबै विद्यालयमा दुई साताभित्र व्यवस्थापन समिति गठन गरी गाउँ शिक्षा समितिसमक्ष पेस गर्न निर्देशन दिनुभएको छ ।
अध्यक्ष अधिकारीको अध्यक्षतामा सोमबार बसेको गाउँ शिक्षा समितिको बैठकले दुई साताभित्र म्याद सकिएका सबै विद्यालयमा व्यवस्थापन समिति गठन गरिसक्न निर्देशन दिनुभएको हो ।
अध्यक्ष अधिकारीले गाउपालिकाको निर्णयलाई निर्धारित समयभित्र कार्यान्वयन गराइसक्न शिक्षा शाखासँगै सम्बन्धित विद्यालयहरुलाई निर्देशन दिनुभएको छ ।
दिइएको समयभित्र व्यवस्थापन समिति गठन गर्न नसक्ने विद्यालयका हकमा स्थानीय शिक्षा ऐनको वैकल्पिक व्यवस्थालाई प्रयोग गरी व्यवस्थापन समिति गठन गर्न स्थानीय सरकार बाध्य हुने उहाँले बताउनुभएको छ ।