
नुवाकोट । नुवाकोटको तारकेश्वर गाँउपालिकाको ३ वटा वडामा आज दिउसोँ बत्ति अबरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले जारी गरेको सूचना अनुसार शनिबार बिहान १० बजेदेखि दिउसोँ ३ बजेसम्म वडा नं १,५ र ६ नं वडाका विभिन्न वस्तीमा बत्ति अबरुद्ध हुने भएको छ । बत्ति जाने वस्तीहरुमा दाङसिंह, गोर्यास्याङ, कालिमाटी, मजुवा, भमरा लगायतको क्षेत्र रहेको प्राधिकरणले जनाएको छ ।
देवीघाट सवस्टेशन मार्फत चैनपुर फिडर नं १ बाट वितरण भएको ११ केभी लाइनहरुको बुस कटिङ र मर्मत सम्भार गर्नुपर्ने भएकाले बत्ति अबरुद्ध हुने सूचना जारी गरिएको हो ।

प्रतिक्रिया