शुक्रबार, भाद्र २० २०८२

तादीमा ‘पोषणमैत्री स्थानीय शासन’ सम्बन्धी क्षमता विकास तालिम सम्पन्न


  • ककनी खबर
  • आइतबार, असार २२ २०८२

नुवाकोट । तादी गाउँपालिकाको आयोजनामा असार १७ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको पाँच दिवसीय ‘क्षेत्रीय पोषण तथा पोषणमैत्री स्थानीय शासन’ सम्बन्धी क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिम कार्यक्रम गाउँपालिका अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा सम्पन्न भएको हो । “पोषण सशक्त स्थानीय शासन स्थापनाका लागि यस्ता तालिमहरू अत्यन्तै आवश्यक छन्,” गाउँपालिका अध्यक्ष सन्तमान तामाङले भन्नुभयो। “स्वास्थ्यकर्मीहरू पोषणका आधारभूत सिद्धान्त, सेवा प्रवाहमा अपनाउने रणनीति र समुदायमा पोषणप्रति चेतना अभिवृद्धिका लागि तयार हुन जरुरी छ।

तादी गाउँपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आइरहेको छ र आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता लिएका छौँ,” उहाँले स्पष्ट पार्नुभयो

कार्यक्रममा उपाध्यक्ष सन्जु प्याकुरेल विशेष अतिथि रहनुभएको थियो ।  “पोषणमैत्री स्थानीय शासनको अवधारणा व्यवहारमा उतार्न यस्ता क्षमता विकास तालिमहरूले ठूलो भूमिका खेल्नेछन्,” उपाध्यक्ष सन्जु प्याकुरेलले बताउनुभयो। “स्थानीय तहका स्वास्थ्य संस्थाहरू, स्वास्थ्यकर्मी र सरोकारवालाबीच समन्वय र सहकार्यको आधार मजबुत बनाउँदै पोषण सुधारमा दीर्घकालीन योगदान पुर्‍याउन यस्ता तालिमहरू अपरिहार्य छन्,” उहाँले जोड दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत ध्रुब खनाल, वडा अध्यक्ष नकुर दोङ तामाङ, प्रशिक्षकहरू पुरुषोत्तम अर्याल, जर्नादन सिलवाल, मनोज सिग्देल तथा *स्वास्थ्य शाखा संयोजक बासुदेव श्रेष्ठको उपस्थिति रहेको थियो।

उक्त तालिममा तादी गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्था र आर्युवेद औषधालयहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पाँच दिनसम्म सञ्चालन भएको तालिममा पोषण, स्थानीय शासनमा पोषणको भूमिका, पोषणमैत्री नीतिहरू र व्यवहार परिवर्तनका उपायहरूबारे सहभागीहरूलाई विस्तृत रूपमा जानकारी गराइएको थियो।

कार्यक्रमको समापनमा सहभागी स्वास्थ्यकर्मीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमले स्थानीय स्वास्थ्यकर्मीहरूको ज्ञान अभिवृद्धिमा टेवा पुर्‍याएको विश्वास लिइएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार