शुक्रबार, भाद्र २० २०८२

त्रिशूली नदीमा शव सहित शरीरका अङ्ग भेट्टियो


  • ककनी खबर
  • मंगलबार, असार २४ २०८२

त्रिशूली । नुवाकोट स्थित त्रिशूलीनदी किनारमा आज एक शव र दुई स्थानमा मानिसको शरिरको अङ्ग (खुट्टा) भेट्टिएको छ ।

त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएको एक शव र दुई स्थानमा मानिसको खुट्टा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाले जानकारी दिनुभयो ।

उहाँको अनुसार आज मध्यान्ह विदुर–३ नयाँपुल स्थित त्रिशूली नदी किनारमा एक पुरुष व्यक्तिको शव भेट्टिएको छ भने सोही स्थान नजिकै बेलकोटगढी–८ कासिटारमा नदी किनारमा मानिसको दायाँ खुट्टा फेला परेको छ ।

यस्तै, नुवाकोटको विदुर नगरपालिका–१० मा पनि एक व्यक्तिको दायाँ खुट्टा भेट्टिएको छ । शव र ती शरिरका अङ्गहरु परीक्षणको लागी त्रिशूली अस्पतालमा राखिएको छ ।

भेट्टिएका शव र शरिरका अङ्गहरु रसुवा स्थित ल्हेन्दे खोलाहुदैँ त्रिशूली नदीमा आएको बाढीले त्याहाँ पु-याएको क्षतिको क्रममा हराइरहेका मानिस बगाएर ल्याएको हुनसक्ने नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार