बुधबार, भाद्र १८ २०८२

रसुवागढी भोटेकोशी बाढीले पुर्‍याएको क्षतिप्रति नुवाकोट उद्योग वाणिज्य संघबाट दु:ख व्यक्त


  • ककनी खबर
  • बुधबार, असार २५ २०८२

नुवाकोट । रसुवागढीस्थित भोटेकोशी नदीमा असार २४ गते बिहान करिब ३ बजे आएको भीषण बाढी र त्यसबाट भएको जनधनको अपूरणीय क्षतिप्रति नुवाकोट उद्योग वाणिज्य संघले गहिरो दु:ख व्यक्त गरेको छ ।

संघका अध्यक्ष राजेन्द्र श्रेष्ठद्वारा जारी विज्ञप्तिमा नेपाल-चीन सीमास्थित रसुवागढी नाकाको मैत्री पुल बगाउनुका साथै स्याम्फुदेवीको सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ ।

रसुवागढी भन्सार कार्यालय, चार्जिङ स्टेशन, जलविद्युत आयोजना तथा विभिन्न कार्यालयहरूमा व्यापक क्षति पुगेको भन्दै संघले पीडितप्रति समवेदना प्रकट गर्दै राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा अझै केही दिन भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन र जोखिम क्षेत्रमा नजान सबैलाई अनुरोध गरिएको छ ।

साथै, बाढी प्रभावित क्षेत्रहरूमा तत्काल पुनर्निर्माणको प्रक्रिया अघि बढाउन संघले संघीय, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार