
काठमाडौँ । दाङ, बाँके र बर्दियामा गएराति ठूलो पानी परेको छ । लगातारको बाँकेको पश्चिम राप्ती खोलामा बाढी आएको छ ।
कुसुम जलमापन केन्द्र र राप्तीसोनारी जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा बस्नेहरुलाई दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आज पनि लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना छ ।
यस्तै कोशी र मधेश प्रदेशका केही ठाउँहरु साथै बाँकी प्रदेशका धेरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ । राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।