शनिबार, भाद्र ७ २०८२

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँसहित ८ जना मन्त्रीले लिए शपथ


  • ककनी खबर
  • मंगलबार, साउन २१ २०८२

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित ८ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त हुनु भएका मुख्यमन्त्री बानियाँले आज प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट शपथ लिएसँगै आफ्नो मन्त्रिपरिषद्को प्रारम्भिक संरचना सार्वजनिक गर्नुभएकाे हाे ।

बानियाँसँगै नेपाली कांग्रेसबाट शिवराज अधिकारी र कृष्णकुमार तामाङले शपथ लिए । तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अधिकारीको जिम्मेवारी तोकिएको छैन । बाँकी ५ वटा मन्त्रालय कांग्रेसले आन्तरिक विवादका कारण अहिलेसम्म पनि टुङ्ग्याउन सकेको छैन ।

नेकपा एमालेकाे तर्फबाट भने ६ जना मन्त्रीले जिम्मेवारीसहित शपथ लिए । एमालेका मधुसूदन पौडेलले कृषि तथा पशुपक्षी विकास, जयराम थापाले श्रम, रोजगार तथा यातायात, विन्दु श्रेष्ठले उद्योग, दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास, किरण थापाले स्वास्थ्य र भरत केसीले वन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कुल १४ मन्त्रालय रहेको बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेबीचको भागबन्डा अनुसार एमालेले ६ मन्त्रालय पाएको हो भने कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालय पाउने सहमति भएको छ । बाँकी ५ वटा मन्त्रालयमा चाँडै मन्त्री नियुक्त गर्ने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार