शनिबार, भाद्र ७ २०८२

बेलकोटगढीमा फूलको विरुवा रोपेर सडक सौन्दर्यकरणको थालनी


  • ककनी खबर
  • सोमबार, साउन २७ २०८२

नुवाकोट । बेलकोटगढी नगरपालिका–७ मा नगरपालिकाको आर्थिक विकास शाखा (कृषि) को आयोजनामा सडक दायाँबायाँ वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

वडा नं. ५ र ७ स्थित मुख्य सडक खण्डको सौन्दर्यकरण तथा वातावरण संरक्षणको उद्देश्यले गुलमोहर र ज्याकारान्डा जातका फूलको बिरुवा रोपिएको हो ।

कार्यक्रममा नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिबप्रसाद दाहाल, वडा नं. ७ का अध्यक्ष भुवनेश्वर नेपाल, कृषि शाखा तथा अन्य शाखाका कर्मचारी, स्थानीयवासी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

सडक सुरक्षालाई प्राथमिकतामा राख्दै हरियाली प्रवर्द्धन र वातावरणीय सन्तुलन कायम गर्न वृक्षारोपण गरिएको नगरपालिकाका कृषि शाखाका प्राविधिक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

वडा नं. ५ मा पनि यस्तै वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने तयारी भइरहेको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार