शनिबार, भाद्र ७ २०८२

भोलिदेखि मनसुनी प्रणाली थप सक्रिय भएर देशका धेरै ठाउँमा वर्षाको सम्भावना


  • ककनी खबर
  • सोमबार, साउन २७ २०८२

काठमाडौँ । भोलिदेखि मनसुनी प्रणाली थप सक्रिय भएर देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी न्यून चापीय रेखा सरदर ठाउँबाट केही उत्तरतर्फ सर्ने जलवाष्पयुक्त हावाको आगमन बढ्ने भएकोले भोलिदेखि वर्षाको सम्भावना बढ्ने भएको हो ।

मौसमविद्का अनुसार भोलि मधेश प्रदेशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पनि केही ठाउँमा ठूलो पानी र धेरै ठाउँमा मध्यम पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पर्सि बुधवारदेखि पश्चिमतर्फ सर्ने प्रणालीले बिहीवारसम्म पानी पार्ने सम्भावना छ ।

यसैबीच पछिल्लो २४ घण्टामा तनहुँको श्याम्घामा १ सय १४ मिलिमिटर वर्षा मापन भएको छ । आज तनहुँ, कास्की, स्याङ्जा, सिन्धुपाल्चोक, बारा, कञ्चनपुरलगायतका जिल्लामा ठूलो पानी परेको महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेशको पहाडी भूभागसहित मधेश र सुदूरपश्चिमको तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार