शनिबार, भाद्र ७ २०८२

भोलिदेखि शुरू हुने एन्फा महिला लिग क्वालिफायरको तयारी पूरा


  • ककनी खबर
  • बुधबार, साउन २९ २०८२

काठमाण्डौ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भोलिदेखि शुरू हुने एन्फा महिला लिग क्वालिफायरको तयारी पूरा भएको छ । आज सातदोबाटोको एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै एन्फाले क्वालिफायरको तयारी पूरा भएको जनाएको हो ।

लिगका खेलहरू एन्फा कम्प्लेक्स मैदान र ललितपुरको च्यासल मैदानमा हुने भएका छन् । एन्फा महिला लिग क्वालिफायरमा १४ वटा क्लब सहभागी छन् ।

यो प्रतियोगिताबाट ५ वटा टोली महिला लिगका लागि छनोट हुनेछन् । १४ वटा टोलीलाई २ वटा समूहमा विभाजन गरिएको छ । दुवै समूहको विजेता र उपविजेता स्वतः छनोट हुने प्रावधान छ ।

समूहका तेस्रो स्थानमा रहने टोलीबीच नकआउट प्रतिस्पर्धा हुने र विजेता हुने टोली छनोट हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार