
काठमाडौँ । सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएको १३ गते शुक्रबार दुई लाख नाघेको सुनको भाउ त्यसयता लगातार बढेको हाे । हिजो सुनको भाउ तोलाको दुई लाख पाँच हजार नौ सय रुपैयाँ थियो भने अस्ति तोलाको दुई लाख पाँच हजार तीन सय रुपैयाँ थियो ।
चाँदीको भाउ भने आज घटेकाे छ । चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएकाे छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई हजार चार सय ८५ रुपैयाँ पुगेको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार