
काठमाडौँ । एएफसी २३ वर्षमुनिको एशियन कप छनोट अन्तर्गत आज नेपालले घरेलु टोली ताजिकिस्तानसँग खेल्दैछ । खेल दुशान्बेमा नेपाली समयअनुसार राति पौने १० बजे शुरु हुनेछ ।
नेपाली २३ वर्षमुनिको टोलीको कप्तानी आयुष घलानले गर्दैछन् । नेपाल समूह ‘के’ मा छ । यो समूहमा नेपालसँगै आयोजक ताजकिस्तान, सिरिया र फिलिपिन्स छन् । नेपालले भदौ २१ गते सिरिया र भदौ २४ गते फिलिपिन्ससँग खेल्नेछ ।
छनोट प्रतियोगितामा ४४ वटा टोलीलाई ११ समूहमा विभाजन छ । हरेक समूहमा चार टोलीले एक अर्कासँग खेल्नेछन् । समूहको शीर्ष स्थानमा रहने र चार उत्कृष्ट उपविजेता साउदी अरबमा अर्को वर्ष हुने एएफसी २३ वर्षमुनिको एशियन कपमा छनोट हुनेछ ।
प्रतिक्रिया
सम्बन्धित समाचार