बुधबार, असोज २२ २०८२

देशभर आज बेलुका ५ बजेसम्म निषेधाज्ञा कायमै, त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यू


  • ककनी खबर
  • बुधबार, भाद्र २५ २०८२

काठमाडौँ । नेपाली सेनाले काठमाण्डौ उपत्यकासहित देशभर लागू भएको निषेधाज्ञा आज बेलुका ५ बजेसम्म निरन्तर रहने जनाएको छ । त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यू कायमै रहनेछ ।

आन्दोलनका नाममा अझै पनि विभिन्न ठाउँमा अराजक गतिविधि भइरहेका र सुरक्षालाई ध्यानमा राखेर अहिले लागु भएको निषेधाज्ञा र कर्फ्यू कायमै राखिएको सेनाले जनाएको छ । निषेधाज्ञा तथा कर्फ्यू सम्बन्धमा आज सूचना निकालेर सेनाले यो बेला अत्यावश्यक सेवाका गाडी जस्तै एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका गाडी सञ्चालन हुने जनाएको छ ।

आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीसँग समन्वय गर्न भनिएको छ । साथै आधिकारीक सूचना सम्प्रेषण गर्न र त्यस्ता सूचनामा मात्रै विश्वास गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार