मंगलबार, असोज २१ २०८२

बाँकेको नौबस्ता बाल सुधारगृहमा झडप : ५ जना बन्दीको ज्यान गयो


  • ककनी खबर
  • बुधबार, भाद्र २५ २०८२

काठमाडौँ । बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहमा गएराति सुरक्षाकर्मी र बालबन्दीबीच झडप हुँदा पाँच जनाको ज्यान गएको छ । बालबन्दीले सुरक्षाकर्मीको हतियार खोसेर भाग्न खोजेपछि झडप भएको बालसुधार गृहले जनाएको छ ।

ज्यान गुमाउनेहरुमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन् । शवलाई भेरी अस्पताल नेपालगन्जमा राखिएको छ । बालसुधार गृहका अनुसार घटनामा सात जना घाइते भएकोमा पाँच जनाको उपचारकाक्रममा ज्यान गएको हो । दुई जना घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

कतिपय बालबन्दी सुरक्षा घेरा तोडेर भागेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । जेनजीको आन्दोलनका क्रममा अरू विभिन्न ठाउँका कारागारबाट कैदी भागेको थाहा पाएपछि नौबस्ताको बालसुधार गृहमा रहेकाहरु पनि भाग्न खोजेको र घटना भएको त्यहाँको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार