मंगलबार, असोज २१ २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो


  • ककनी खबर
  • बुधबार, भाद्र २५ २०८२

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएकाे छ । विषम परिस्थितिका कारण मङ्गलवारदेखि बन्द रहेको विमानस्थल तत्काल लागू हुने गरी खुलाइएको विमानस्थल कार्यालयले जनाएको छ ।

आज बसेकाे विमानस्थल सुरक्षा समितिकाे निर्णय अनुसार विमानस्थल पुनः शुरू गर्ने निर्णय भएकाे विमानस्थल कार्यालयले निकालेकाे सूचनामा उल्लेख छ ।

हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउन विमानस्थल कार्यालयले अनुरोध गरेको छ ।

विमानस्थल बन्द हुँदा हिजोदेखि आन्तरिक र बाह्य दुवै उडान प्रभावित बनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार