बुधबार, असोज २२ २०८२

जेन–जी प्रदर्शन : ज्यान गुमाउनेको सङ्ख्या ५१ पुग्यो


  • ककनी खबर
  • शुक्रबार, भाद्र २७ २०८२

काठमाडौँ । ‘जेन–जी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म ५१ जना पुगेको छ । काठमाण्डौसहित विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको प्रहरीको तथ्याङ्क छ ।

ज्यान गुमाउनेमा युवासहित, ३ जना प्रहरी र एक भारतीय महिला रहेका नेपाल प्रहरीले जनाएको छ । तीमध्ये ३६ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको छ । महाराजगञ्जमा रहेकाहरूको पोस्टमार्टम थालिएको छ ।

आजै चार जना युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि अभिभावकले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार