मंगलबार, असोज २१ २०८२

संबिधान र संसद् भित्रैबाट समस्याको समाधान खोज्न कांग्रेस सचिव श्रेष्ठको आग्रह


  • ककनी खबर
  • शुक्रबार, भाद्र २७ २०८२

नुवाकोट । पछिल्लो समय देशभर तीव्र रुपमा विकसित हुँदै गएको राजनीतिक घटनाक्रम र जेनजी पुस्ताको आन्दोलनप्रति नेपाली कांग्रेस नुवाकोटका सचिव श्रीराम श्रेष्ठले विज्ञप्ति जारी गर्दै संविधान र संसदीय व्यवस्था भित्रैबाट संवादको माध्यमद्वारा समस्याको समाधान खोज्न राष्ट्रपति सहित सबै सरोकारवाला पक्षहरूलाई आग्रह गर्नुभएको छ ।

कांग्रेस नुवाकोटका सचिव श्रेष्ठले आज विज्ञप्ती जारी गर्दै युवाहरूको शान्तिपूर्ण आन्दोलनमाथि राज्यद्वारा गरिएको बल प्रयोग, ज्यादती, दमन र व्यापक धरपकडको निन्दा गर्दै दोषी पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरिएको छ। साथै, आन्दोलनका क्रममा देखिएको आक्रोश, आस्था र असन्तुष्टिलाई बेवास्ता नगरी गम्भीरतापूर्वक सम्बोधन गर्न राजनीतिक दलहरूलाई सचेत गराइएको छ।

उहाँले जेनजी पुस्ताको जायज माग र शान्तिपूर्ण बिरोध प्रदर्शनमा अराजक घुसपैठ भएर सार्वजनिक सम्पत्ति, पाटी कार्यालय, व्यक्तिको घरमा भएको आक्रमणको पनि निन्दा गर्नुभएको छ ।

जेनजी युवाहरूले व्यक्त गरेको भावना र सबै पक्षको आवाजलाई राज्य संयन्त्र तथा नेतृत्वले ध्यानपूर्वक लिनु आवश्यक रहेको छ,” सचिव श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। उहाँले पार्टीका नेताहरू र कार्यकर्तालाई वर्तमान परिस्थिति बुझ्दै जिम्मेवार ढंगले भूमिका खेल्नसमेत ध्यान दिनुपर्नेतर्फ स्मरण गराउनुभएको छ ।

नेपाली कांग्रेस सदैव न्याय, लोकतन्त्र र संविधानको पक्षमा उभिएको उल्लेख गर्दै २०७२ को संविधान नै देशको समाधानको मूल आधार भएकाले त्यसबाट पछि नहट्न उहाँले सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

पढ्नुहोस् विज्ञप्ती :

प्रतिक्रिया
सम्बन्धित समाचार