
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ ।
भण्डारी देशको प्रथम महिला महान्यायाधिवक्ता बन्नुभएको छ । भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुनुहुन्छ । उहाँ पूर्वसूचना आयुक्तसमेत हुनुहुन्छ ।
यसअघि रमेश बडालले महान्यायाधिवक्ता पदबाट राजीनामा दिनुभएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले बडालको राजीनामा स्वीकृत गरेसँगै भण्डारी नियुक्त हुनुभएको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार