मंगलबार, असोज २१ २०८२

आज देशभर बदली भएर केही ठाउँमा पानी पर्ने संभावना


  • ककनी खबर
  • शुक्रबार, असोज १७ २०८२

काठमाडौँ । आज दिउँसो देशभर सामान्यतया बदली भएर केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अहिले देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको कारण बदली र वर्षाको सम्भावना रहेको हो । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही भू–भाग र मधेस प्रदेशलगायत पहाड र तराई भू–भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई ठाँउमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति देशभर साधारणतया बदली हुनेछ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग र मधेस प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।आज कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार