मंगलबार, असोज २१ २०८२

लाङटाङ पदयात्रामा गएका ४ जना बेपत्ता


  • ककनी खबर
  • आइतबार, असोज १९ २०८२

काठमाडौँ । रसुवाको लाङटाङमा पदयात्राका लागि गएका भक्तपुरका चार जना बेपत्ता भएका छन् । भक्तपुरबाट अस्ति शुक्रवार १६ जनाको टोली पदयात्राका लागि लाङटाङ पुगेको थियो ।

गोसाइँकुण्ड गाउँपालिका–४ बेरिङ खोल्छामा आएको पानीले बगाउँदा १६ जनामध्ये चार जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेपत्ता हुनेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ का २५ वर्षीया संस्कृति श्रेष्ठ, २५ वर्षीय किसन श्रेष्ठ, २५ वर्षीया सङ्गीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवी श्रेष्ठ छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार