बिहिबार, माघ २ २०८२

गोरखाबाट हिडेको एकीकरण टर्च -याली नुवाकोट शुभघाटमा, स्थानीयबासीबाट भव्य स्वागत


  • ककनी खबर
  • बुधबार, पुष २३ २०८२

नुवाकोट । नेपाल एकीकरणको क्रममा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च -याली’ आज बुधबार साँझ नुवाकोटको विदुर नगरपालिका वडा नं. १० शुभघाट आइपुगेको छ ।

पुस २१ गते सोमबार गोरखाबाट सुरुभएको ‘एकीकरण मार्ग पदयात्रा” काठमाडौंसम्म नै पैदल जाने क्रममा धादिङको भ-याङभुरुङहुदैँ आज अपरान्ह नुवाकोट प्रवेश गरेको हो ।

एक विशेष समारोहकोबीच भव्य स्वागतको साथ नुवाकोट आइपुगेको -यालीले सामरीभञ्याङ्गमा आयोजित स्वागत ग्रहण स्वीकारपछि अघि साँझ विदुर–१० शुभघाट आइपुगेको हो । शुभघाटमा आइपुगेको टोलीलाई जिल्ला स्थित जनप्रतिनिधि, स्थानीयबासी सहितका सरोकारवालाहरुले भव्य स्वागत गरेका छन् ।

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गर्ने योजना अनुसार–२०७६ सालदेखि सुरु भएको एकीकरण मार्ग –पदयात्राको आज बुधबार अपरान्ह धादिङको भैरवगणले नुवाकोटको श्री शेर गणलाई रुपमा एकीकरण टर्च, झण्डा हस्तान्तरण गरेको हो ।

नुवाकोटको श्री शेर गणको नेपाली सैनिकले ग्रहण गरेको ‘एकीकरण मार्ग–पदयात्रा’ नुवाकोटको सामरीभञ्याङ स्थित पौवामा आएर विशेष कार्यक्रम पश्चात नेपाल एकीकरणको समयमा गोर्खाली फौज हिडेको पदमार्ग पछ्याउदै सामरीभञ्याङ, कागुने, विदुर नगरपालिका वडा नं. १० शुभघाट आइपुगेको हो ।

नेपाल एकीकरण पद मार्गमा आयोजित ‘एकीकरण टर्च -याली’ अन्तरगत गोरखा दरबारबाट सुरु भएको दुई दिनपछि आज नुवाकोट आइपुगेको ¥यालीलाई स्वागत गर्न भ¥याङभुरुङ र सामरीभञ्याङमा आयोजित स्वागत कार्यक्रममा नेपाली सेना मार्फत सुरु गरेको अभियान ईतिहासको जगेर्ना, पुर्खाले पुराएको योगदानको संरक्षण र मेटिदै जान थालेको तत्कालीन पुरातात्विक, धार्मिक तथा ऐतिहासिक संरचनाको जगेर्ना गरेर पर्यटन प्रबद्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने जनप्रतिनिधि र स्थानीयवासीले बताएका छन् ।

नुवाकोटको त्रिशूलीबाट धादिङतर्फ गोर्खा राज्य र काठमाडौतर्फ कान्तिपुर राज्य भएकाले गोरखाको राजा पृथ्वीनारायण शाहको बुबाले पहिलो पटक नुवाकोट माथी गरेको आक्रमण बिफल भएको थियो । त्यसपछि पृथ्वीनारायण शाहले दोश्रो पटकको प्रयासमा नुवाकोटबाट बिजयी हासिल गरेर सुरु भएको नेपाल एकीकरण अभियानले बिशाल नेपालको निर्माण सम्भव भएको भन्दै गोरखाबाट काठमाडौसम्मको एकीकरण यात्रा निकै महत्वपूर्ण रहेको श्री शेर गण नुवाकोटका गणपति प्रमुख सेनानी अशोककुमार मल्लले बताउनुभयो ।

उहाँको अनुसार कान्तिपुर राज्यको अधिनमा रहेको नुवाकोटमाथी बिजयी पश्चात नुवाकोटका जनताको साथ लिएर पृथ्वीनारायण शाहले काठमाडौ उपत्यका सहितका अन्य राज्यमाथी बिजयी हासिल गर्नुभएको थियो । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले पछ्याएको पदमार्गको संरक्षण, पर्यटक प्रबद्र्धन र पुर्खाले पु-याएको योगदानको सम्मान स्वरुप युवापिढीँमा राष्ट्रभाव उत्पन्न गराउनका लागी ‘एकीकरण मार्ग पदयात्रा’ महत्वको रुपमा लिइएको छ ।

‘एकीकरण पदमार्ग’मा रहेको -यालीलाई स्वागत गर्दै म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङले एकीकरण पदमार्ग अन्तरगत आफ्नो पालिकामा रहेका पाटी, पौवा, ढुङ्गेधारा, सैनिकले तालिम गरेको मैदान, पैसा काट्ने टक्सार लगायतका ऐतिहासिक संरचनाको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

सामरी भञ्याङमा पृथ्वीनारायण शाह सहित उहाँको सैनिक फौजहरु बसेको सामरी भञ्याङको पौवा पुर्ननिर्माण भएपनिसगैँ रहेको पाटी, त्यही समयमा सैनिक फौजले पानी खान बनाएको हिटी, सैनिकले परेड खेल्ने मैदान लगायतको अबस्था निकै कमजोर भएकाले ‘एकीकरण टर्च’ ¥यालीले यसलाई प्रचारमा ल्याउन सहयोग पु-याएको भन्दै सामरीबासी उत्साहित देखिएका छन् । अब ती संरचनाको संरक्षणमा ध्यान दिनुपर्ने उनीहरुको माग छ ।

पछिल्लो समयमा पृथ्वीनारायण शाहले पुराएको योगदानको महत्वलाई कमजोर बनाउदै आइरहेको समयमा नेपाली सेनाको नेतृत्वमा विसं २०७६ सालदेखि सञ्चालन गरिएको ‘एकीकरण टर्च’ -याली त्यसपछि हरेक वर्ष सञ्चालन हुदै आइरहेको छ ।

गोर्खाली फौजले विंस. १८०१ असोज १५ मा नुवाकोटमाथी बिजयी गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणमा पाएको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गास्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ -याली मार्फत सकारात्मक सन्देश प्रवाह गरिने लक्ष्य राखिएको छ । गोरखाबाट धादिङ–नुवाकोटहुँदै काठमाडौंसम्म नै पदमार्ग ‘रुमाले’ २६ कोषको रहेको छ ।

नेपाली सेनाले सञ्चालन गर्दै आएको एकीकरण टर्च ¥याली सञ्चालनले पदमार्ग सहित यस आसपासमा पर्ने कोटघर, गढी, किल्ला लगायतको एतिहासिक तथा धार्मिक महत्वको संरचनाको सम्बद्र्धन, संरक्षण, प्रबद्र्धन र प्रचारमा सहयोग पुराउन महत्वपूणर्म योगदामन पुग्दै आएको छ ।

गोरखाबाट हिडेको दुईदिन पछि नुवाकोटको शुभघाट आइपुगेको ‘एकीकरण टर्च’ -याली अब भोलि बिहीबार बिहान शुभघाटबाट केउरिनी चौतारोहुदैँ नुवाकोट स्थित साततले दरबार पुग्ने कार्यक्रम रहेको छ । नुवाकोटमा आयोजित विशेष कार्यक्रम पश्चात अघिबढ्ने ‘एकीकरण टर्च’ -याली त्यसपछि नुवाकोटको धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनीहुदैँ काठमाडौ स्थित सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा यही पुस २७ गते पुगेर त्याहाँ विशेष कार्यक्रम गरेर -यालीको समापन गरिने नेपाली सेनाले जनाएको छ ।

-यालीमा सहभागी सैनिकले पृथ्वीनारायण शाहको समयमा उहाँको फौजले नै प्रयोग गरेको जस्तै पोषाक र हतियारमा सजिएका छन् भने गोरखा दरबारबाट निकालिएको ‘एकीकरण टर्च’ अर्थात ‘दिपज्योती’मा पृथ्वीनारायण शाहले नै स्थापना गरेको नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजा सहित पैदल मार्गबाट नै काठमाडौ पु-याउन लागिएको हो ।

नुवाकोटबाट काठमाडौतर्फ जाने टोलीलाई श्री शेर गण नुवाकोटले २६ गते काठमाडौ स्थित भैरवीदल गणलाई ‘एकीकरण टर्च’ सहित प्रथम पाच सैनिक कम्पनीको झण्डा र राष्ट्रिय झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

‘एकीकरण टर्च’ -यालीले यही पुस २७ गते मनाइने ३०४औँ पृथ्वीजयन्ती प्रति उच्चसम्मान सहित उक्त दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा स्थापित, नेपाल एकीकरणको समयमा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसार गरेर एकीकरण पदमार्गमा पर्यटन भित्र्याउन समेत सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार