बिहिबार, माघ २ २०८२

डेढ वर्षअघि त्रिशूलीमा हराएका दुई वटा बसमध्ये एउटा भेटियो


  • ककनी खबर
  • मंगलबार, पुष २९ २०८२

काठमाडौँ । डेढ वर्षअघि चितवनको सिमलतालबाट त्रिशूली नदीमा हराएका दुई वटा बसमध्ये एउटा भेटिएको छ ।

२०८१ असार २८ गते काठमाण्डाैबाट गौरतर्फ गुडिरहेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगञ्जबाट काठमाण्डाैतर्फ गुडिरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स बस सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका थिए । ती दुईमध्ये गणपति डिलक्स फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

अस्ति आइतवार बिहान बसको केही भाग देखिएपछि उत्खनन शुरू गरेकोमा आज सशस्त्र प्रहरी बलको टोलीले गणपति डिलक्स रहेको पुष्टि गरेको हो ।

दुवै बसका ६५ यात्रुसहित बस नदीमा पुगेकामा गणपति यातायातको बसमा रहेका तीन यात्रुले पौडेर ज्यान जोगाएका थिए । त्यस बेला बस र यात्रु खोज्न नेपाली सेना र सशस्त्रका गोताखोरसहित वाटर ड्रोन (सोनार) तथा प्रहरीसहित खोजीमा पाँच सय सुरक्षाकर्मी खटिनुका साथै भारतबाट उच्च प्रविधिसहितको गोताखोर टोली ल्याए पनि बस फेला पर्न सकेको थिएन । एउटा बस भने अझै हराइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार