बुधबार, माघ २२ २०८२

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार


  • ककनी खबर
  • शुक्रबार, माघ १७ २०८२

काठमाडौँ । हिजो तोलामा २० हजार ५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज त्यति नै घटेर अस्ति बुधवारको भाउमा कारोबार भइरहेको छ ।

हिजो तोलाको ३ लाख ३९ हजार रुपैयाँ पुगेको सुनको भाउ आज घटेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति बुधवार पनि सुनको भाउ तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ थियो ।

आज एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले घटेको हो । यस्तै चाँदीको भाउ पनि हिजोको तुलनामा घटेर तोलाको ७ हजार ६५ रुपैयाँमा कायम भएको छ । हिजो चाँदीको भाउ तोलाको सात हजार ५ सय ५ रुपैयाँ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार