ककनी । नेशनल लघुवित्त वित्तीय सँस्था लि. शाखा कार्यालय ओखरपौवाको आयोजनामा सँस्थामा आबद्ध भएका सदस्यहरुलाई ‘उद्यमशीलता विकास तालिम’ दिइएको छ । सँस्थामा आबद्ध भएका सदस्यहरुलाई सरसफाईका सामाग्रिहरु साबुन, सरफ र हर्पिक बनाउने दुई दिने तालिम दिइएको शाखा प्रमुख सिर्जना केसीले जानकारी दिनुभयो ।
उहाँको अनुसार सँस्थाको विभिन्न समूहमा आबद्ध भएका मध्ये तालिम लिन इञ्छुक २५ जना सदस्य महिलाहरुलाई ककनी गाउँपालिका वडा नं २ स्थित कुलेमा तालिम दिइएको हो ।

दुई दिनसम्म सञ्चालित तालिममा प्रशिक्षक बबिता केसीको सहजिकरणमा सहभागीहरुलाई तयारी अबस्थामा रहेको कच्चा पदार्थको प्रयोग गरेर घरमै बसी साबुन, सरफ र हर्पिक बनाई आर्थिक उपार्जन तथा व्यावसायिक सिप सम्बन्धि (उद्यमशीलता विकास) तालिम प्रदान गरिएको हो ।

तालिम सम्पन्न पश्चात शुक्रबार आयोजित समापन कार्यक्रमको प्रमुख अथिती नेशनल लघुवित्त वित्तीय सँस्था लि, अनुगमन कार्यालय बनेपाको अनुगमन अधिकृत रामचन्द्र लोहनीले सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
उक्त अवसरमा अनुगमन अधिकृत लोहनीले सिकेको सिपलाई व्यबहारमा उतारेर आगामी दिनमा यसबाट आर्थिक उपार्जनमा केन्द्रित हुनको लागी सहभागीहरुलाई आग्रह गर्नुभयो ।

तालिम लिएर मात्र केही नहुने भन्दै उहाँले सिकेको सिपलाई थप सुधार गर्दै स–सानो लगानीबाटै आम्दानीको श्रोत बृद्धि गर्दै अर्थतन्त्र बढाउनको लागी साबुन, सरफ र हर्पिक बनाउन सिकाएको सीपलाई व्याबहारमा उतार्न उहाँले स्मरण गराउनुभयो ।
तालिमको क्रममा सहभागीहरुर्लाइ दिइएको आधारभूत सामाग्रिहरु उनीहरुलाई नै प्रदान गरिएको थियो ।
तालिम सञ्चालन सम्बन्धि थप तस्बिर सामाग्रिहरुः








