नुवाकोट । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नुवाकोट एथलेटिक्स क्लबको आयोजना तथा बागमती प्रदेश खेलकुद बिकास परिषदसंगको सहकार्यमा आयोजित ‘प्रथम नुवाकोट हाफ म्याराथुन दौड प्रतियोगिता–२०८२’ बिहीबार सम्पन्न गरेको छ ।
दौड प्रतियोगितामा लुम्बिनी प्रदेशका १ घन्टा १७ मिनेट ५३ सेकेन्ड समय साथ अजय पाण्डे प्रथम १ घन्टा १९ मिनेट ५२ सेकेन्ड साथ ताप्लेजुङका रमेश लिम्बु दितिय १ घन्टा २० मिनेट १० सेकेन्ड का साथ सोलुखुम्बु लोकेन्द्र राई तृतीय हुन सफल हुनुभयो ।
त्यस्तै १० कि मि खुल्ला महिला तर्फ पाँचथर कि पुष्पा शेर्पा लिम्बु प्रथम सिन्धुली कि मन्जु सुनुवार दितिय नुवाकोट एथलेटिक्स क्लबकि सोनु घतानि ५० वर्ष माथि भेटान्स काठमाडौं रेवत दाहाल दाङ भिम बहादुर गुरुङ लमजुङ राजु भण्डारी छात्र तर्फ ब्राईट होराईजन चिल्ड्रेन स्कुल चन्दागिरि हस्त सुनार भोटेनाम्लाङ्ग मा बि सिन्धुपाल्चोक सन्दीप तामाङ श्रीकृष्ण मा बि चागुनारायण नगरपालिका बिकास कार्की र छात्रा तर्फ उक्त मा बि प्रनिशा कार्की वर्ल्ड युथ ईन्टरनेशन ऎकेडेमि सुजिना रामदाम र्श्री जगत प्रकाश जङ्ग शाह सस्कृत नुवाकोट सेविका प्याकुरेल स्थानीय जिल्ला तर्फ शिवपुरी गाउपालिका ३ हरिचन्द तामाङ बिदुर नगरपालिका १ मनिष श्रेष्ठ सोहि पालिका ७ का रोशन तामाङ प्रथम दितिय तृतीय हुन सफल हुनुभयो ।
सम्पूर्ण बिजेताहरुलाई कार्यक्रम प्रमुख अतिथि क्लबका सल्लाहकार आफ्नो समय राष्ट्रिय कराते खेलाडी वरिष्ठ साहित्यकार नुवाकोट आदर्श बहुमुखी क्याम्पस अध्यक्ष समाजसेवी श्रीराम श्रेष्ठ ज्युले सम्पूर्ण बिजेताहरुलाई मेडल प्रमाणपत्र नगद पुरस्कार दारा सम्मान गर्नुभएको थियो नुवाकोट आदर्श बहुमुखी क्याम्पस बाट सुरु भएको दौड बिदुर ढुगे त्रिशुलि हुँदै सोही रुट फिर्ता बटार बजार गगटे माझिटार पिपलटार देबिघाट हुँदै पुनः क्याम्पस आएर समापन भएको थियो ।