शनिबार, भाद्र ७ २०८२

नुवाकोट गोल्डकपको तयारी तीब्र चरणमा हुँदै


  • ककनी खबर
  • शनिबार, बैशाख १५ २०७५

नुवाकोट फुटबल संघको आयोजनामा नुवाकोटमा पहिलोचोटि नुवाकोट गोल्डकप हुन लागेको छ।

जेठ १७ देखि २६ गतेसम्म बिदुर नगरपालिका स्थित नुवाकोट आदर्श बहुमुखी क्यापसको खेलमैदानमा हुने प्रतियोगितामा नुवाकोट जिल्लाको १ टिम र देशभरीका ए डिभिजन खेल्ने ९ टिम सहित १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिए।

अहिले क्याम्पसको खेलमैदानलाई लेभलिङ गर्ने र खेलमैदानलाई चारैतिरबाट घेर्ने कार्य तीब्र गतिमा भइरहेको र लेभलिङ्ग पश्चात् खेलमैदानमा दुवो उमार्ने कार्य गर्ने जिल्ला फुटबल संघका अध्यक्ष दिपकलाल चित्रकारले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार