शनिबार, भाद्र ७ २०८२

नुवाकोट गोल्डकपको तयारी तिब्र गतिमा हुदैँ


  • ककनी खबर
  • शुक्रबार, बैशाख २१ २०७५

नुवाकोट फुटबल संघ र जिल्ला खेलकुद बिकाश समिति नुवाकोटको संयुक्त आयोजनामा यहि २०७५ जेठ १७ गते देखि २६ गतेसम्म बिदुर नगरपालिका अन्तर्गत नुवाकोट आदर्स बहुमुखी क्याम्पसको खेलमैदानमा प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको छ|जसको लागि आयोजकले प्रचारप्रसारको साथसाथै खेलमैदानको तयारीमा तिब्रता दिएका छन|

हाल खेलमैदानमा दुबो रोप्ने र तारबार लगाउने कार्य भईरहेको छ भने त्यसपछि अस्थायी प्याराफिट बनाउने कार्य हुनेछ|तर प्रतिकुल मौसमको कारण अनियमित भईरहेको बर्षाले सहजताको साथ काम हुन नसकेको जिल्ला फुटबल संघ नुवाकोटका अध्यक्ष दिपकलाल चित्रकारले बताए|छोटो समयमै प्रतियोगिता गर्ने प्रयासले गर्दा र तयारीको लागि निकै कम भएको हुनाले स्थानीयको साथसाथै हाल जिल्लाको श्रीनाथ गण र सैन्य तालिम केन्द्रको पनि सहयोग मागेको र उहाहरुले पनि सहयोग गरिरहनुभएको अध्यक्ष चित्रकारले बताए|

प्रतियोगितामा विभागीय टिमसहित ए डीभिजन खेल्ने ९ टिम र आयोजक नुवाकोट ११ सहित कुल १० टिमले सहभागिता जनाउनेछन|प्रतियोगिताको बिजेताले ५ लाख प्राप्त गर्नेछन भने उपविजेताले ३ लाख प्राप्त गर्नेछन|

कुल ५४ लाख ३७ हजार खर्च रहने नुवाकोट जिल्लाको खेलकुद ईतिहासकै सर्वाधिक पुरस्कार राशी सहितको यो प्रतियोगितालाई बिदुर नगरपालिकाले विशेष सहयोग गर्दै संरक्षकत्व समेत प्रदान गरेको जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष बुद्धि प्रधानले बत्ताए| आन्तरिक र बाह्य पर्यटनलाई समेत प्रबर्द्धन हुने र जिल्लालाई राष्ट्रिय स्तर चिनाउन साथै नुवाकोट फुटबललाई प्रबर्द्धन गर्न समेत यो प्रतियोगिता महत्वपूर्ण हुने हुदाँ सबै मिलि यस प्रतियोगितालाई सफल पार्न समेत अध्यक्ष प्रधानले अनुरोध गरेका छन्|

प्रतिक्रिया
सम्बन्धित समाचार