जेठ २६, तादी,ककनी खबर
लायन्स क्लब अफ काठमाडौं एकता परोपकारको आयोजना तथा ग्रान्डी इन्टरनेसनल हस्पिटलको मेडिकल सहयोगमा एकदिने स्वास्थ शिविर आज सम्पन्न भएको छ।
लायन्स क्लब अफ काठमाण्डौ परोपकार, लायन्स क्लब अफ रसुवा लाङटाङ , लायन्स कल्ब अफ नुवाकोट भैरवी र लायन्स क्लब अफ काठमाण्डौ ठमेलको समेत सहयोग रहेको उक्त स्वास्थ शिविर तादी गाउँपालिका वार्ड नम्बर ४ स्थित नवस्मृति बोर्डिङ स्कुलको परिसरमा संचालन गरिएको थियो। स्वास्थ शिविरमा छाती रोग ,मुटु रोग, बाथ रोग ,नशा रोग साथै जनरल फिजिसियन सेवा समेत दिईएको थियो।उक्त स्वास्थ शिविरमा करिव ३०० जनाले स्वास्थ सेवा लिएको आयोजक लायन्स क्लब अफ काठमाडौं एकता परोपकारका अध्यक्ष लायन श्रीधर आचार्यले बताए।
प्रतिक्रिया
सम्बन्धित समाचार