
काठमाडौँ । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई सिरिज अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपालले टस जितेको छ ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै डच टोलीलाई ब्याटिङको निम्तो दिएका छन् ।
नेपालले यसअघि भएको खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर हार बेहोरेको थियो । उक्त खेल नेपालको १००औं टी-२०आई खेल पनि थियो ।
नेपालले त्यसपछि स्कटल्याण्डमाथि भने २ विकेटको जित निकालेको थियो । उक्त ‘लो स्कोरिङ’ खेल पनि अन्तिम ओभरको पाँचौं बलसम्मै पुगेको थियो ।
नेदरल्याण्ड्सले भने यस शृंखलामा दुई जित निकालेको छ । आइतबार घरेलु टोली स्कटल्याण्डसँग ३९ रनले पराजित भएपनि नेपाललाई हराएपछि बुधबार स्कटल्याण्डलाई हराएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार