शनिबार, भाद्र ७ २०८२

आज साँझ ६ बजेपछि एसइईको नतिजा सार्वजनिक हुने


  • ककनी खबर
  • शुक्रबार, असार १३ २०८२

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा प्रकाशन गर्ने तयारी गरेको जनाएको छ ।

यतिखेर नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ ।

एसईई परीक्षा बोर्डका परीक्षा नियन्त्रक गणेशप्रसाद भट्टराइले आजै साँझ ६ बजेपछि नतिजा प्रकाशन गरिने रेडियो नेपाललाई जानकारी दिनुभयाे ।

यस वर्षको एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो ।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार