शनिबार, भाद्र ७ २०८२

फिकुरीमा १०९ मा ६ जना व्यक्तिमा मोतियाबिन्दु


  • ककनी खबर
  • मंगलबार, असार १७ २०८२

नुवाकोट । किस्पाङ गाँउपालिका वडा नं २ मा आयोजना गरिएको मोतियाबिन्दु पहिचान शिविरमा १०९ जनाको जाँच गर्दा ६ जनामा मोतियाबिन्दु भएको पाइएको छ ।

वडा नं २ को कार्यालयमा आयोजित शिविरमा जाँच गराउन आएका १०९ जना मध्ये ६ जनालाई मोतियाबिन्दु भएको पाइएसगैँ उनीहरुलाई शल्यक्रियाको लागी सिफारिस गरिएको त्रिशूली अस्पताल नुवाकोटका निर्देशक डा.राजेन्द्र लामाले जानकारी दिनुभयो ।

त्रिशूली अस्पताल नुवाकोटले नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटसंगको सहकार्यमा आयोजना गरिएको शिविरमा आँखा स्वास्थ्य एंव दृष्टि सुरक्षाको सम्बन्धमा समेत जानकारी गराइएको छ ।

शिविर सञ्चालनको लगी नेपाल रेडक्रस सोसाईटी नुवाकोट जिल्ला शाखा र रेडक्रस काहुलेले सहयोग पुराएको थियो ।

किस्पाङ-२ फिकुरी पश्चात विदुर-७ साहुँगाँउ स्वास्थ्य चौकी तुप्चेमा यही असार १९ गते शिविर राखिएको छ ।

शिविरमा पहिचान भएका मोतियाबिन्दु भएका बिरामीलाई यही असार २३ गते तिलगंगा आँखा प्रतिष्ठानका बरिष्ठ नेत्र रोग विशेषज्ञ चिकित्सकहरु मार्फत निःशुल्क शल्यक्रिया गरिने प्रबन्ध मिलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार