
नुवाकोट । तारकेश्वर गाउँपालिकाको आफ्नै लगानीमा एक वर्षअघि शिलान्यास गरिएको वडा नं १ दाङसिङ जब्बरे चौरस्थित खेलकुद रंगशालामा दुबो रोप्न थालिएको छ ।
खेल-मैदानलाई थप व्यवस्थित बनाउन स्तरउन्नतीको क्रियाaकलाप अन्तरगत खेल मैदानमा दुबो बिछ्याउ थालिएको गाँउपालिका अध्यक्ष शिव अधिकारी ‘अबिरल’ले जानकारी दिनुभयो । रङ्गशालाको निर्माण कार्यलाई तोकिएको समयअवधि भित्रै सम्पन्न गर्न र गरेको काम गुणस्तर बनाउन अध्यक्ष अधिकारीले दिएको निर्देशन अनुसार अहिले दुबो बिछ्याउने काम धमाधम भइरहेको हो ।
दुबो बिछ्याउने कार्यको स्थलगत निरीक्षण गर्दै अध्यक्ष अधिकारीले तारकेश्वरको गौरवको आयोजनाका रूपमा निर्माण गरिएको उक्त रंगशालालाई राष्ट्रियस्तरमै ग्रामीण क्षेत्रको नमुना रंगशालाको रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।
सोही अनुरूप विभिन्न चरणमा रङ्गशालाको निरन्तर स्तरोन्नति एंव व्यवस्थित गर्दै लैजाने योजना रहेको उहाँले सुनाउनुभयो ।