
नुवाकोट । तारकेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि तयार गरिएको बजेट पुस्तक (रातो किताब) सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले बजेट किताब सार्वजनिक गर्दै सम्भव भएसम्म जनताबाट प्राप्त माग र आवश्यकता पहिचानका आधारमा योजनाहरू समेटिएको जानकारी दिनुभयो । उहाँले बजेट कार्यान्वयनको सफलताको लागि सबै सरोकारवाला, जनप्रतिनिधि तथा कर्मचारीहरूले मिलेर इमानदार प्रयास गर्नु पर्नेमा जोड दिनुभयो ।
गाउँपालिकाको बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, वातावरण संरक्षण लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ । अध्यक्ष अधिकारीले बजेट पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गरिने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया
सम्बन्धित समाचार