श्रावण ३०,बिदुर।
नेपाल गोजुरियो कराते-दो युजेनकाई संघको जिल्ला शाखा नुवाकोट बुधबार गठन भएको छ।
बट्टारमा भएको भेलाले रामकुमार घिमिरेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको हो । गठित संघको उपाध्यक्षमा कृष्ण प्रसाद रिजाल,सचिवमा जगदिश कुईकेल,कोषाध्यक्षमा सरस्वती अधिकारी,सदस्यहरुमा नित्यराज ढुंगाना, सलिना केसि,बिक्रम घले, नमराज सुवेदी र पारश अधिकारी चयन भएका छन्।
निर्वाचित संघको बुधबार नै बसेकाे पहिलाे बैठकले केन्द्रीय प्रतिनिधिहरुको समेत चयन गरेको छ । केन्द्रिय प्रतिनिधिहरुमा रामकुमार घिमिरे र जगदीश कुईकेल चयन भएका छन्।
जिल्ला खेलकुद बिकासको उपाध्यक्ष बासुदेव भट्टकाे प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा जिल्ला क्रिकेट संघ नुवाकोटका अध्यक्ष दुर्गाराज पाठक, हाेटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष मधुसूदन थपलिया,पत्रकार महासंघका उपाध्यक्ष रामहरि न्यौपाने लगायतको उपस्थिति थियो।