
नुवाकोट । सामाजिक सँस्था आधार नेपालको सहयोगमा नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं १ स्थित घ्याङफेदीमा कागतीको बिरुवा उपलब्ध गराइएको छ ।
स्थानीय सामाजिक सँस्था घ्याङफेदी उर्जाशिल युवा क्लबसंगको सहकार्यमा आधार नेपालले वडा नं १ स्थित घ्याङफेदीको सबै घरमा एक–एक वटा कागतीको बिरुवा उपलब्ध गराइएको हो ।
हिजो साउन २९ गते र आज ३० गते दुई दिने कार्यक्रम राखेर युवा क्लबको कार्यालय घ्याङफेदी बाट कागतीको बिरुवा बितरण गरिएको घ्याङफेदी उर्जाशिल युवा क्लबका सचिव जयबहादुर तामाङले जानकारी दिनुभयो ।
उहाँको अनुसार हरियाली वातावरण, समृद्ध समुदाय र कागती खेतीमार्फत सम्भावनाको सुरुवात आम्दानीको श्रोत विस्तार मार्फत विशेष गरेर महिलाको आर्थिक सशक्तिकरणमा सहयोग पुराउने लक्ष्य लिइएको छ ।
यस कार्यक्रम मार्फत वातावरणीय संरक्षण, सामाजिक तथा समाज रूपान्तरण, महिलाको जिवनस्तर उकास्नतर्फ केन्द्रित गरिएको हुदाँ निकै प्रभावकारी कार्यक्रमको रुपमा लिइएको छ ।
कार्यक्रमसंग सम्बन्धित थप तस्बिर सामाग्रिहरु :















तस्बिरहरु सौजन्य :
घ्याङफेदी उर्जाशिल युवा क्लबका उपाध्यक्ष छिरिङ डोल्मा तामाङ, सचिव जयबहादुर तामाङ र सहसचिव राजु तामाङ ।