
काठमाडौँ । आज दिउँसोभन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका पहाडी र तराईका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई ठाउँहरुमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरुमा र बाँकी भू–भागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार