बुधबार, असोज २२ २०८२

भ्रामक सूचनामा विश्वास नगर्न नेपाली सेनाको आग्रह


  • ककनी खबर
  • शुक्रबार, भाद्र २७ २०८२

काठमाडौँ । नेपाली सेनाले अहिलेको विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेको भन्दै भ्रामक र झुटा समाचारमा विश्वास नगर्न सबैसँग आग्रह गरेको छ ।

सेनाको जनसम्पर्क निर्देशनालयले सूचना निकालेर आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएकाले भ्रामक र झुटा समाचारहरूमा विश्वास नगर्न आग्रह गरेको हो ।

सेनाले सूचना आदानप्रदानको लागि सूचना निर्देशनालय लगायत देशभर रहेका पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न पनि आग्रह गरेको छ । सेनाले देशका विभिन्न ठाउँमा रहेका आठ वटा पृतना हेडक्वार्टरका फोन नम्बरसहितको विवरण सार्जजनिक गर्दै भ्रामक सूचनामा विश्वास नगर्न भनेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार