मंगलबार, असोज २१ २०८२

अध्यक्ष अधिकारीको निर्देशन अनुरूप वृद्धभत्ता वितरण हुँदै


  • ककनी खबर
  • आइतबार, असोज ५ २०८२

नुवाकोट । तारकेश्वर गाउँपालिकाले असाेज ७ देखि १० गतेसम्म सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरण र ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सञ्चालन गर्ने तयारी गरेको छ।

गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले चाडपर्वलाई लक्षित गर्दै दशैँअघि नै भत्ता वितरण गर्न पञ्जीकरण शाखा र स्वास्थ्य शाखालाई निर्देशन दिनुभएको हो ।

सामान्यतया असोज मसान्तमा वितरण हुने भत्ता यस वर्ष विषम परिस्थितिका कारण अघि सारिएको हो। अध्यक्ष अधिकारीले कार्यक्रमलाई प्रभावकारी बनाउन सबै वडाध्यक्षहरूलाई सक्रिय समन्वय गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रम तालिका
असोज ७ गते विहान १० बजेदेखि साझ ५ बजे सम्म :- १ नं. वडा कार्यालय
८ गते बिहान ८ बजे देखि दिउसो ३ बजे सम्म :- ६ नं वडा कार्यालय
९ गते बिहान ८ वजेदेखि दिउसो ३ बजे सम्म :- ५ न वडा कार्यालय
९ गते बिहान ८ बजे देखि दिउसो ३ बजे सम्म :- ४ नं वडा कार्यालय
९ गते बिहान ८ बजे देखि दिउसो ३ बजे सम्म :- ३ नं वडा कार्यालय
१० गते बिहान ८ बजे देखि दिउसो ३ बजे सम्म :- २ नं वडा कार्यालय

प्रतिक्रिया
सम्बन्धित समाचार