मंगलबार, असोज २१ २०८२

फूलपाती अगावै पालिका भित्रका सडक सञ्चालनमा ल्याउन अध्यक्ष अधिकारीको निर्देशन


  • ककनी खबर
  • मंगलबार, असोज ७ २०८२

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले गाँउपालिका भित्र विस्तार गरिएका तर, बर्खायामको पानीले बिगारेका सडकलाई फूलपातीको दिन अगावै सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । भारी वर्षाका कारण गाउँपालिका भित्रका सडक बाटोहरुमा क्षती भएकाले चाडपर्वको समयमा आजजाउ सहज बनाउनको लागी अबरुद्ध रहेको सडक सञ्चालनको लागी आवश्यक बजेटको प्रबन्ध मिलाई काम अघि बढाउन अध्यक्ष अधिकारीले भन्नुभएको हो ।

उहाँले दसैंमा सवारी साधनको चाप बढ्ने भएकोले यात्राका लगि सहजीकरण तथा सवारी दुर्घटना न्युनीकरणका लागि गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२–०८३ को बजेटमा वडा सिलिङबाट विनियोजित भएको शिर्षकबाट सम्पुर्ण सडकहरु सुचारु गराउन यही १२ गते सम्मको समय अध्यक्ष अधिकारीले निर्देशन दिनुभएको छ ।

दशैको समयमा पालिकाबासीले सडक उपभोग गर्न नपाउने अबस्था आएमा त्यसभन्दा पछि हुने कामलाई भुक्तानी नदिने समेत उहाँले स्पष्ट पार्नुभएको छ । समयमै काम सम्पन्न गर्ने गरी समन्वय र संयोजन गर्न अध्यक्ष अधिकारीले सबै वडाका वडाध्यक्षहरूलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार